काठमाडौं, नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ। मोटर्सले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो।
यस योजना अन्तर्गत ग्राहकहरुले टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सक्नेछन्। जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ। यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेका छन। ग्राहकहरुले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ।