आज तरकारी र फलफूलको मूल्य

HTV Khabar २३ जेठ २०८०, मङ्गलबार १०:३२ मा प्रकाशित

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेँडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेँडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ।

मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, घिरौँला र लौका ६५ रुपैयाँ, ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ।