काठमाडौं, होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके सर्वसम्मत निर्वाचित भएका छन्।
चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं वार्षिक साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनले चितवनका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रहेका चुकेलाई सर्वसम्मत निर्वाचित गरेको हो।
उक्त अधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ। महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन्।
उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम चयन भए भने महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश मलहोत्रा सर्वसम्मत चयन भएका छन्।
सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल चयन भएका छन्।
कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ सर्वसम्मत चयन भए।