उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको निर्वाचन आज

HTV Khabar २९ चैत्र २०७९, बुधवार ०७:०२ मा प्रकाशित

आज नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निवार्चन हुँदैछ।

उद्योगी व्यवसायीहरुको छाता संस्था ५७औं साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि मङ्गलवार उदघाटन भएको थियो।

हिजोबाट सुरु भएको साधारणसभवाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेद्वारी दिने यसअघि नै घोषणा गरिसकेका छन्। यसरी निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन्।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ।