बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउन छुट भएका बालबालिका खोप लगाईंदै छ। यसअघि खोप लगाउन छुटेका ५ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई मिति २०७९ असोज ७ गतेदेखि शुरु भएको खोप कार्यक्रम १४ गतेसम्म बूढानीलकण्ठ स्वास्थ्य चौकी, महांकाल स्वास्थ्य चौकी र अस्थायी नगर अस्पतालमा चल्ने नगर जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहालले बताएका छन्। उक्त कुरा दाहालद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।