नेपाली बजारमा आज सुन र चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घटेको छ।
महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
यस्तै, तेजाबी सुन तोलामा १ लाख ११ हजार २५० रुपैयाँले कारोबार भइरहेको छ।
सोमवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो। सोमवार सुनको भाउ स्थिर रहँदै आईतवारकै मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।