सप्तरी, सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप छ। फर्जी कागजात बनाएर नेपाली नागरिकता लिएको उजुरी परेपछि उपमेयर मीरा यादव पक्राउ परेकी छन्। भारतीय नागरिक भएको हुँदा फर्जी कागजात बनाएर नेपाली नागरिकता लिएको उजुरी परेपछि उनी पक्राउ परेकी हुन्।
उनीविरुद्ध डाक्नेश्वरी नगरपालिकाकै कृष्णकुमार यादवले मुद्दा दर्ता गराएका थिए। उपमेयर मीरासँगै उनका श्रीमान महेन्द्र यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ। उजुरीमा उपमेयर यादव दम्पती नै भारतीय नागरिक रहेको र फर्जी कागजातकै आधारमा नेपाली नागरिकता लिएको आरोप छ।
सुरुमा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमाने पनि उच्च अदालत जनकपुरको राजविराज इजलासमा उक्त मुद्धा पुगेसंगै अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालयले उपमेयर यादव दम्पतीविरुद्ध बल्ल मुद्दा दर्ता गरेको थियो। मुद्धा दर्ता भएसँगै उपमेयर यादव पक्राउ परेकी छन् तर उनका श्रीमान महेन्द्र भने फरार छन्