बूढानीलकण्ठ नगरपालिकाले ५०% अनुदानमा गहुँको बिउ वितरणको लागि गर्‍यो प्रस्ताव

HTV Khabar २६ भाद्र २०७९, आइतबार ०६:०६ मा प्रकाशित

   बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व.२०७९/८० को स्वीकृत आन्तरिक कार्यक्रम अन्तर्गत ५०% अनुदानमा गहुँको बिउ वितरण कार्यक्रमका लागि नगर भित्रका ईच्छुक कृषक/ कृषक समूह/ कृषि सहकारीहरुलाई तपसिल अनुसार कागजातसहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र कार्यालय समयमा आवेदन दिनुहुन नगरका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेद्वारा हस्ताक्षरित सूचनामा जनाईएको छ।