निरन्तर तीन वटा बैठकमा अनुपस्थित हुनेलाई कमिटीबाटै हटाउने एमालेको निर्णय

HTV Khabar ३१ वैशाख २०८०, आइतबार ०५:२० मा प्रकाशित

काठमाडौं, नेकपा एमालेले निरन्तर तीन वटा बैठकमा अनुपस्थित हुनेलाई पार्टी कमिटीबाटै हटाउने निर्णय गरेको छ। तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको भन्दै सो निर्णय गरेको हो।

बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निरन्तर पार्टीको तीन वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको बताए। कमिटीमा रहेका पदाधिकारी थपेपनि हटिसकेपछि नथप्ने उनको भनाइ छ। यस्तै एमालेले आगामी मंसिर महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।