बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश, पाए विभाग प्रमुखको जिम्मेवारी

HTV Khabar ७ असार २०८०, बिहीबार १२:०९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

उनलाई आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो।

पार्टी सभापति रवी लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।

नबिल र मेगा बैंकको प्रमुख कार्यकारी भइसकेका शाह आजै आधिकारिक रुपमा रास्वपामा प्रवेश गरेका थिए।

उनलाई पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति लामिछानेले स्वागत गरेका थिए।