महोत्तरीमा फैलियो आँखा पाक्ने रोग

HTV Khabar २१ श्रावण २०८०, आइतबार ०५:१० मा प्रकाशित

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। जिल्लाभर २० हजार भन्दा बढी मानिस यो रोगबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुमा  बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन। चिकित्सकले आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने रोगको लक्षण भएको जानकारी दिएका छन्।

यो रोगको प्रकोप तिव्रगतिमा फैलिएपछि निको नहुन्जेल  रोग लागेका विद्यार्थीहरूलाई घरमाराख्न अभिभावकलाई अनुरोध गरिएको एक विद्यालयका सञ्चालकले जानकारी दिए। 

सो रोग फैलने क्रम तिव्र भएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरूले बताएका छन।

अहिले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ। बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ।