काठमाडौं, दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ । आफ्ना फिल्मको केन्द्रमा पनि उनी राजनीतिलाई राख्छन्।
उनै दीपकले बुधबार भएको नेपाली काङ्ग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन्। उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो। परिवर्तन भनेको पराल हो। घाँस खान छोडेर परालतिर जान्छ कोही ?’
संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए। देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए।
काङ्ग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए।
काङ्ग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ। तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो। कलाकारले समेत यसप्रति चासो राखेका थिए।
दीपकराज गिरीको उक्त कटाक्ष काङ्ग्रेस सांसदप्रति लक्षित भएको बुझ्न कठिन छैन।