राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुनेनहुने बारेमा शुक्रबार मात्र निर्णय लिने भएको छ।
सोमवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने- नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।
सरकारमा जानेनजाने बारे शुक्रवार पार्टीले निर्णय लिने रास्वपा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिएका छन्।
रास्वपाले अहिलेको सरकारलाई समर्थन गरिरहेको छ। उपचुनाव पछि सोमवार पहिलो पटक बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारमा सहभागिताबारे छलफल भएको थियो।