आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेपछि विद्यार्थी संगठनद्वारा प्रदर्शन

HTV Khabar १८ मंगशिर २०७९, आइतबार ०६:२८ मा प्रकाशित

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि निगमले घरेलु बजारमा मूल्य समायोजन नगरेको भन्दै विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन्।                                                        आईतवार नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले टेकुमा प्रदर्शनको आयोजना गरेका हुन्। पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ।