केपि ओलिको नेतृत्वमा एमालेको पदयात्रा

HTV Khabar ३२ भाद्र २०७९, शनिबार १२:२४ मा प्रकाशित

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ।                                                                    बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो। पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो।                                                               पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा लिएका थिए । संविधानसभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पदयात्रामा एमाले नेता तथा कार्यकर्ता, पार्टीका जनवर्गीय सङ्गठन र एमालेप्रति शुभेच्छा राख्ने जनसमुदायको सहभागिता थियो।