नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा डेंगु परीक्षण कार्यक्रम हुँदै

HTV Khabar १३ अशोज २०७९, बिहीबार ०३:१७ मा प्रकाशित

काठमाडौं,  सांसदको कार्यालय काठमाडौं क्षेत्र नं.-४ को सहकार्यमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा डेंगु परीक्षण कार्यक्रम र परामर्श कार्यक्रम आयोजना गरिने भएको छ।                                                                                                                               राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरले आयोजना गर्न लागेको   नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा डेंगु परीक्षण र परामर्श कार्यक्रम व्यवस्थापन भने भङ्गाल युवा क्लबले गर्न लागेको छ। असोज १४ गते शुक्रवार बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सामुदायिक केन्द्र चपलीमा संचालन हुनेछ।